प्रस्तावहरु
१ साङ्गठनिक प्रस्ताव
सम्बन्धमा
२ आर्थिक प्रस्ताव
सम्बन्धमा
३ संस्थालाई सक्रिय बनाउने
सम्बन्धमा
४ शेयर विस्तार तथा नियमित
बचत बढाउने सम्बन्धमा
५ ऋण असुली सम्बन्धमा
६ बचत तथा ऋण नीति
सम्बन्धमा
७ कार्यकारिणी समिति
विस्तार सम्बन्धमा
८ विभिन्न समितिहरु गठन तथा
पुनर्गठन सम्बन्धमा
९ विधान संशोधन सम्बन्धमा
निर्णयहरु
१ साङ्गठनिक प्रस्ताव
सम्बन्धमा छलफल गर्दा संस्थाका अध्यक्षज्यूबाट प्रस्तुत गरिएको साङ्गठनिक
प्रतिवेदन समयसान्दर्भिक र संस्थाका कमजोरी तथा सवल पक्षहरुलाई उचित ढङ्गले समेटेर
प्रस्तुत भएको र आगामी दिनहरुमा सकारात्मक ढङ्गले अगाडि बढ्ने सोच समेत देखिएकोले
सर्वसम्मतीबाट पारित गरियो
२ आर्थिक प्रस्ताव
सम्बन्धमा संस्थाका सचिव श्री जयबीर साउदबाट आएको आर्थिक वर्ष २०७४।७५ को (असार मसान्तसम्मको) आर्थिक प्रतिवेदन सबै
वास्तविकतामा आधारित र अभिलेख तपसिल अनुसार का विवरणहरु प्रस्तुत गरिएकोमा उक्त
प्रतिवेदन चित्तबुझ्दो देखिएकोले उक्त
प्रतिवेदन पनि जस्ताको तस्तै यस साधारणसभाबाट स्वीकृत भएको निर्णय सर्वसम्मतीबाट
पारित गरियो
तपसिल
१ सदस्यहरुको शेयर दायित्वः
२ ऋण लगानीमा रहेको रकम
३ सहकारी पसलमा लागनीमा
रहेको रकम
५ ब्याज आम्दानी
६ ब्याज असुली हुन बाँकी
रहेको रकम
७ अन्य लगानीमा रहेको रकम
८ लेखापरीक्षण खर्च
९ मसलन्द खर्च
१० अन्य विविध खर्च
३ संस्थालाई सक्रिय बनाउने
सम्बन्धमा १० बर्षभन्दा लामो इतिहास बोकेको यस संस्था आर्थिक रुपमा खासै
प्रभावकारी नदेखिएको तथा गतिविधिहरु सुस्त देखिएको तर आजको समय अनुसार स्थानीय
स्तरमा सहकारीको उपस्थितिको महत्व तथा यस सहकारी संस्थाको ईतिहाससमेतलाई ध्यानमा
राखी आजकै मितिबाट सहकारी संस्थालाई प्रभावकारी बनाई स्थानीय स्तरमा आर्थिक तथा
सामाजिक गतिविधिहरु प्रभावकारी बनाउनेगरी नीति तय गरी लागु गर्ने निर्णय
सर्वसम्मतीबाट गरियो ।
४ शेयर विस्तार तथा नियमित
बचत बढाउने सम्बन्धमा सम्बन्धमा यस सहकारीको हाल कायम रहेको शेयर कित्ता न्युनतम
रहेकोले शेयर कित्ताको हाल शेयरसदस्य रहनुभएका सदस्य ज्यूहरुको न्युनतम सीमा १०
कित्ता अर्थात कम्तीमा १ हजार बराबरको शेयर अनिवार्य गर्ने तथा शेयरको अधिकतम सीमा
२५० कित्ता अर्थात २५ हजारसम्म शेयर लिनसकिने व्यवस्था गर्ने र नयाँ शेयरसदस्यता विस्तारका लागि व्यापक
अभियान थाली सेवाक्षेत्र भित्रका एक परिवार एक शेयर सदस्यको नारा तय गरी सबै
परिवारका सदस्यलाई यस सहकारीको शेयरकर्ताको रुपमा आवद्ध हुन अभियान चलाउने तथा नियमित बचतको सन्दर्भमा मासिक रुपमा हाल कायम
रहेको रु १०/-बचत गर्ने व्यवस्था विस्थापित गरी कम्तीमा रु ५० र अधिकतम बचत आफ्नो शेयरको १०
गुनाभन्दा बढी ननाघ्ने गरी बचत गर्न मिल्नेगरी
निर्णय सर्वसम्मतीबाट पारित गरियो ।
५ ऋण असुली सम्बन्धमा हाल
लगानीमा रहेको भाका नाघेको सबै ऋण रकम सावाँ ब्याज सहित यही पुस १५ गतेभित्र
चुक्ता गर्न आह्वान गर्दै सम्बन्धित ऋणी सदस्यहरुलाई पत्राचार गर्ने तथा उक्त
अवधिमा ऋण असुली नगर्ने सदस्यहरुलाई उनीहरुको घरठेगानामा पुनः ७ दिने सूचना प्रवाह
गर्ने तथा त्यति गर्दा पनि ऋण तिर्न नमान्ने शेयरसदस्यको घरदैलोमा ऋण असुली समिति
गई असुली प्रक्रियामा ल्याउने तथा त्यति गर्दा पनि ऋण असुली प्रक्रियामा नआउने
सदस्यलाई तिनपुस्ते विवरण सहित आर्थिक कारोबारोमा खराव नियतको विवरण खुलाई
कालोसूची निर्माण गरी सबै बैँक वित्तिय संस्था समूह र त्रिवेणी नगरपालिकामा उक्त
सूची प्रकाशित गर्ने निर्णय सर्वसम्मतीबाट गरियो ।
६ बचत तथा ऋण नीति
सम्बन्धमा यस सहकारी संस्थाको कारोबारो तथा नियमित सन्चालनका लागि तपसिल बमोजिमको
बचत तथा ऋण नीति तय गर्ने निर्णय सर्वसम्मतीबाट पारित गरियो ।
ऋण नीति
१ स्थानीय सबै जनताको घरघरमा सुन्दरतोली बहुउद्देश्यीय
सहकारी संस्थाका आर्थिक पहुँच पुर्याउने
२ स्वरोजगारी तथा व्यावसायिक योजना भएका सदस्यहरुलाई आर्थिक
समृद्धिको मूलधारमा जोड्नका लागि उनीहरुलाई आयआर्जनमूलक रोजगारीमा विशेष
सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराई उन्नतीको बाटो खोलीदिने ।
३ बैदेशिक रोजगारी तथा शैक्षिक उन्नतीका लागि ऋण लगानी
गर्ने
४ आकस्मिक ऋण
प्रवाह गर्नुपर्ने अवस्था आएमा अनिवार्य ऋण समितिका संयोजकको सिफारिसमा
त्यस्तो रकम कामको प्रकृति हेरी ५ हजार नबढ्ने गरी आकस्मिक ऋण प्रवाह गर्ने ।
५ ऋण समितिको सिफारिसका आधारमा मात्र ऋण लगानी गर्ने
६ धन जमानीमा ऋण प्रवाह गर्दा कम्तीमा ऋण रकम बराबरको शेयर
लगानी भएका शेयर सदस्यज्यूहरुको जमानी र ऋण लिन चाहने शेयरसदस्यको शेयर कम्तीमा ऋण
रकमको १० प्रतिशत भएको निश्चित गरेर मात्रै धनजमानीमा उल्लेखानुसार ऋण प्रवाह
गर्ने ।
७ ठूलो रकम ऋण लगानी गर्दा ऋणीको एकाघरका व्यक्तिको
लालपूर्जा सक्कलै धितो राखेर मात्र लगानी गर्ने
८ व्यावसायिक ऋण प्रवाह गर्दा ऋणको प्रस्ताव हेरी सो अनुसार
व्यावसायिक सम्भावनाको अध्ययन ऋण समितिले गरेर मात्रै ऋण प्रवाह गरिने ।
९ ऋणको उद्देश्य र प्रकृति हेरी ऋण लगानीको अवधि
उत्पादकत्वको आधारमा फरक फरक हुनेछ
बचत नीति
१ नियमित बचत न्युनतम ५० देखि शेयर रकमको १० गुना नाघ्ने निश्चित गरी बचत सुचारु गर्ने
२ बालबालिकाको सुन्दर भविष्यका लागि बालबचत को व्यवस्था
गर्ने
३ जेष्ठनागरिकको सामाजिक सुरक्षाको लागि जेष्ठनागरिक बचत व्यवस्था
गर्ने ,
४ बैवाहिक खर्च सुरक्षणका लागि प्रस्तावित बालबालिकालाई
लक्षित गरी बैवाहिक बचत व्यवस्था गर्ने
५ उच्च शिक्षा ग्यारेन्टीका लागि शैक्षिक बचत व्यवस्था
गर्ने
६ सुरक्षित मातृत्वको लागि
सुरक्षित मातृत्व बचत व्यवस्था गर्ने
७ नियमित आम्दानीका लागि फिक्ड डिपोजिटको मान्यता
अनुसार मुद्दती बचत व्यवस्था गर्ने
८ व्यापारी उद्यमीहरुको नियमित आम्दानीलाई व्यवस्थित गर्न
व्यावसायिक बचतको व्यवस्था गर्ने यस्ता व्यापारीहरुलाई उनीहरुको आवश्यक्ता अनुसार
रकम झिक्न सकिने प्रवन्धको पनि सुनिश्चित गरिने ।
७ कार्यकारिणी समिति
विस्तार सम्बन्धमा यस सहकारी संस्थाको कार्य सहजताका लागि पूर्ववत समितिका
सदस्यहरुलाई कायम राख्दै कार्यसमिति आकार १५ सदस्यीय बनाउने र उक्त थप सङ्ख्यामा
तपसिलमा उल्लेखित व्यक्तिहरुलाई कार्यकारी समितिमा थप चयन गर्ने निर्णय
सर्वसम्मतीबाट गरियो ।
तपसिल
१२ दिलबहादुर साउद (पिपलसैन)
१३ जनक साउद (बाङ्सेरी)
१४ मनादेवी सार्की (कोटबाडा)
१५ भाने साउद (ढकेना)
८ विभिन्न समितिहरु गठन तथा
पुनर्गठन सम्बन्धमा छलफल गर्दा यस सहकारी संस्थाई थप व्यवस्थापन गर्नका लागि तपसिल
बमोजिम समिति तथा उपसमितिहरु गठन गर्ने निर्णय सर्वसम्मतीबाट गरियो
तपसिल
क लेखा समिति
संयोजकः प्रेमबहादुर साउद (पारीघर)
सदस्य जङ्गबहादुर साउद
सदस्य जहरी साउद
ख ऋण उपसमितिः
संयोजकः काले ऐडी
सदस्यः बाले मिजार
सदस्य हरिकृष्ण साउद
सदस्यः देवी साउद
सदस्य साबीदेवी साउद (कोटबाडा)
ग शिक्षा समिति
संयोजकः शेरबहादुर साउद
सदस्य
सदस्य
सदस्य
सदस्य
घ स्वास्थ्य समिति
संयोजकः
सदस्य
सदस्य
सदस्य
सदस्य
ङ कृषि समितिः
संयोजकः
सदस्य
सदस्य
सदस्य
सदस्य
च सामाजिक सुरक्षा समिति
संयोजकः
सदस्य
सदस्य
सदस्य
सदस्य
छ ऋण असुली उपसमिति
संयोजकः भीमबहादुर साउद
सदस्यः दिलबहादुर साउद
सदस्यः काले ऐडी
सदस्यः जनक साउद
सदस्यः शेरबहादुर साउद
सदस्यः हरिकृष्ण साउद
सदस्यः सावीदेवी साउद
९ विधान संशोधन सम्बन्धमा यस
सहकारी संस्थाका तपसिल बमोजिमका नियमहरु समयअनुसार संशोधन तथा थप गर्नुपर्ने
भएकोले निम्नानुसार विवरण संशोधन गर्ने निर्णय गरियो
Comments
Post a Comment