Skip to main content

परिचय


सुन्दरतोली बहुउद्देश्यीय सहकारी संस्था २०६४ सालमा तोलीमा स्थानीय युवा कृषकहरुको पहलमा स्थापना भएको ओखलीपडा भैँसीपालन समूहको रुपमा स्थापना भइ २०६५ सालमा जिल्ला कृषि विकास कार्यालयको अप्रत्यक्ष उत्प्रेरणाले सहकारीको रुप लिँदै डिभिजन सहकारी कार्यालय डोटीमा दर्ता भइ सञ्चालनमा आएको हो ।

प्रारम्भमा २५ जनाको सानो समूहबाट शुरु भएको सहकारीमा आजको मितिमा आइपुग्दा १४८ शेयर सदस्यहरु छन् । 

Comments

Popular posts from this blog

सहकारीका ७ सिद्धान्त

१. खुला तथा ऐच्छिक  सदस्यता २. सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण ३. सदस्यहरुको आर्थिक सहभागिता ४. स्वायत्तता तथा स्वतन्त्रता ५. शिक्षा, तालिम र सूचना ६. सहकारीहरुबीच पारस्परिक सहयोग ७. समुदायप्रति चासो ।

बचत कार्यक्रम

१ . नियमित बचतः सहकारीको नियमानुसार प्रत्येक शेयर सदस्यले नियमित रुपमा प्रत्येक महिना बचत गर्नुपर्नेछ । नियमित बचत न्युनतम रु १०० देखि अधिकतम १०००० सम्म हुनसक्नेछ । तर बचत रकम आफ्नो शेयरभन्दा १० गुनाभन्दा बढी हुनसक्ने छैन । नियमित बचतमा विलम्ब भएमा  १ प्रतिशत शुल्क लाग्नेछ ।  २ . ऐच्छिक बचतः प्रत्येक शेयर सदस्यले ऐच्छिक बचत गर्न चाहेमा यस शीर्षकका कुनैपनि बचत स्कीममा तोकिएको नियम पालना गरी बचत गर्न पाउनेछन् । क शैक्षिक बचतः आफ्ना बालबालिकाको सुन्दर भविष्यको लागि यस प्रकारको बचत गर्न सकिनेछ । यस्तो बचत शुरु गर्नुपूर्व बचतकर्ता र सहकारीको व्यवस्थापनबीच दोहोरो सम्झौता पत्र गरिनेछ । शैक्षिक बचत आवधिक हुनेछ । आफ्ना बालबालिकालाई भविष्यमा गुणस्तरीय शिक्षा दिनका लागि सजिलो हुनेछ । आवधिक बचतलाई बीचमा रोक्न तथा झिक्न पाइनेछैन । झिक्नै परेमा सहकारीले प्रशासनिक खर्च वापत कूल रकमको १ प्रतिशत देखि २ प्रतिशतसम्म सेवाशुल्क काट्न सक्नेछ । ख व्यापारिक बचतः यस प्रकारको बचत प्रत्यक्ष व्यवसायमा संलग्न शेयर सदस्यप्रति लक्षित गरिएको छ । यस्तो बचत दैनिक रुपमा व्यावसायीले जम्मा गर्...

बचत नीति

यस सुन्दरतोली बउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नियमित बचत गर्दा सामान्यतया शेयर रकमको १० गुना बढी बचत गराइने छैन । यदि बढी बचत हुने देखिएमा बचतकर्ताले विद्यमान शेयरसङ्ख्या बढाउनुपर्नेछ । तर मुद्दती बचत, बाल बचत, जेष्ठनागरिक बचत लगाएत अन्य ऐच्छिक बचतमा सहकारीको नियमानुसार गराइनेछ ।