१. खुला तथा ऐच्छिक सदस्यता २. सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण ३. सदस्यहरुको आर्थिक सहभागिता ४. स्वायत्तता तथा स्वतन्त्रता ५. शिक्षा, तालिम र सूचना ६. सहकारीहरुबीच पारस्परिक सहयोग ७. समुदायप्रति चासो ।
१ . नियमित बचतः सहकारीको नियमानुसार प्रत्येक शेयर सदस्यले नियमित रुपमा प्रत्येक महिना बचत गर्नुपर्नेछ । नियमित बचत न्युनतम रु १०० देखि अधिकतम १०००० सम्म हुनसक्नेछ । तर बचत रकम आफ्नो शेयरभन्दा १० गुनाभन्दा बढी हुनसक्ने छैन । नियमित बचतमा विलम्ब भएमा १ प्रतिशत शुल्क लाग्नेछ । २ . ऐच्छिक बचतः प्रत्येक शेयर सदस्यले ऐच्छिक बचत गर्न चाहेमा यस शीर्षकका कुनैपनि बचत स्कीममा तोकिएको नियम पालना गरी बचत गर्न पाउनेछन् । क शैक्षिक बचतः आफ्ना बालबालिकाको सुन्दर भविष्यको लागि यस प्रकारको बचत गर्न सकिनेछ । यस्तो बचत शुरु गर्नुपूर्व बचतकर्ता र सहकारीको व्यवस्थापनबीच दोहोरो सम्झौता पत्र गरिनेछ । शैक्षिक बचत आवधिक हुनेछ । आफ्ना बालबालिकालाई भविष्यमा गुणस्तरीय शिक्षा दिनका लागि सजिलो हुनेछ । आवधिक बचतलाई बीचमा रोक्न तथा झिक्न पाइनेछैन । झिक्नै परेमा सहकारीले प्रशासनिक खर्च वापत कूल रकमको १ प्रतिशत देखि २ प्रतिशतसम्म सेवाशुल्क काट्न सक्नेछ । ख व्यापारिक बचतः यस प्रकारको बचत प्रत्यक्ष व्यवसायमा संलग्न शेयर सदस्यप्रति लक्षित गरिएको छ । यस्तो बचत दैनिक रुपमा व्यावसायीले जम्मा गर्...
यस सुन्दरतोली बउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नियमित बचत गर्दा सामान्यतया शेयर रकमको १० गुना बढी बचत गराइने छैन । यदि बढी बचत हुने देखिएमा बचतकर्ताले विद्यमान शेयरसङ्ख्या बढाउनुपर्नेछ । तर मुद्दती बचत, बाल बचत, जेष्ठनागरिक बचत लगाएत अन्य ऐच्छिक बचतमा सहकारीको नियमानुसार गराइनेछ ।
Comments
Post a Comment